आयुर्वेद उपचारमा जनविश्वास बढाउन आवश्यक छ : मन्त्री पौडेल

रासस
२०८२ भदौ ५ | मध्यान्ह ०१:०५ बजे

कैलाली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आयुर्वेद उपचारमा जनविश्वास बढाउन खोजेको बताएका छन् ।
उनले स्वर्ण प्राशन मौलिक विधि रहेको उल्लेख गरे । विकल्प नहुँदा यसैलाई प्रयोग गरेर स्वस्थ हुने गरेको स्मरण गरे । “विकल्प आएपछि हामीले यसलाई छोडेर विकल्प तिर लाग्यौँ । यसलाई प्रयोग गर्दा हामी लाभान्वित हुन्छौँ । यसले वैकल्पिक उपचार विधिमा मद्दत गर्छ”, उनले भने । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले स्वस्थ बालकले मात्रै आफ्नो उज्जल भविष्य निर्माण गर्न सक्ने बताए ।


















