शिक्षा मन्त्रीदेखि सदस्य सचिवलाई गर्याे अखिल क्रान्तिकारीले सामाजिक बहिष्कार

नवलपुर टुडे


काठमाडौं । समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले शैक्षिक माफिया संग मिलि शैक्षिक व्यापार गरेको भन्दै समाजिक बहिष्कार गरेको छ । आज उक्त संगठनले “देश लुट्ने लुटेरा निजिहरुलाई पोस्ने ! जनताहरुको सरकारिलाई माँस्ने !! खाने जनताहरुको कर ! लाज सरम छैन् केहीको डर !!” भन्दै “तसर्थ जनताहरुको कर खाएर जनताहरु माथि नै शोषण गर्न शैक्षिक माफियाको मतियार बनेकोले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरका सदस्य सचिव महेश भट्टराईलाई सामाजिक बहिष्कार गरौं !” भन्ने डिजिटल ब्यानरमा लेखी सामाजिक बहिष्कार कार्यक्रम गरेको जनाएको छ ।
उक्त संगठनले मिति २०८२ साउन ३० गते १) २०८२ साउन ३१ गते सरकारका प्रधानमन्त्रीलाई शिक्षा मन्त्री, सचिव, चिकित्सा शिक्षा आयोगका अध्यक्ष र सदस्य सचिव मार्फत उक्त निर्णय तत्काल सच्याउन र प्रस्तुत गरिएका हाम्रा ध्यानाकर्षण तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै चेतावनी पत्र पठाउने।, २) २०८२ भदौ १ गते बुझाईएका ध्यानाकर्षण कार्यान्वयन गर्न दबाब दिने उदेश्यले शिक्षा मन्त्री, शिक्षा सचिव, चिकित्सा शिक्षा आयोगका अध्यक्ष र सदस्य सचिवहरुको तस्बिरहरू सहित कालो व्यानर प्रदर्शन गर्दै सामाजिक बहिष्कार गर्ने।, ३) २०८२ भदौ २ गते मेडिकल कलेजका माफियाहरुको तस्बिरहरू सार्वजनिक गर्दै सामाजिक बहिष्कार सहितको कालो ब्यानर प्रदर्शन गर्ने।, ४) २०८० भदौ ३ गतेदेखि क्रमशः उक्त कार्यमा संलग्न सरकारका प्रधानमन्त्री, शिक्षा मन्त्री, सचिव, चिकित्सा शिक्षा आयोगका अध्यक्ष, सदस्य सचिव र मेडिकल माफियाहरुको पुत्ला दहन गर्ने। लगायतका कार्यक्रमहरु घाेषणा गरि अगाडि बढेको जनाएको छ ।
पुर्व घाेषित कार्यक्रम अनुसार संगठनले भनेको छ ‘२०८२ साउन ५ गते शिक्षा मन्त्रालयका सचिव चुरामणि पौडेलमार्फत् मन्त्री रघुजी पन्तलाई १५ बुँदे मागपत्र बुझाएका थियौं। त्यसैगरी साउन ८ गते चिकित्सा शिक्षा आयोगका निमित्त उपाध्यक्ष डा. सुदीप आचार्य र सदस्य सचिव अणप्रसाद न्यौपानेमार्फत उपाध्यक्ष डा. अन्जली झा र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का सदस्य सचिव महेश भट्टराईलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थियौं।’ तर ती मागलाई बेवास्ता गर्दै आयोगले साउन २९ गते मध्यरात मेडिकल माफियाको संलग्नतामा बैठक बस्दै एमबी बीएस, बीडीएस, बीएससी नर्सिङ, बिफर्मा, बिपिएच, बीएनएस लगायतका तहमा सिट संख्या वृद्धि गर्ने निर्णय गरेको भन्दै संगठनले गम्भीर आरोप लगाएको हो । संगठनले ‘प्रधानमन्त्री स्वयं उपस्थित भएर मेडिकल माफियासँग मिलेर गरिएका निर्णयप्रति हाम्रो संगठन घोर भत्र्सना गर्दै संलग्न पाचैं जनालाई सामाजिक बहिष्कार गरेको बताएको छ ।

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
अरुपनि पढ्नुहोस
सबै
मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते
















