रास्वपा बर्खाको खहरे जस्तै हो, चाँडै सुकेर जान्छ: अर्थमन्त्री पौडेल

रासस


पाल्पा, भदौं १ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको बाढी जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको भेल भएको बताएका हुन्।
‘एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ। कमिला हिँड्न थाल्छन्’, उनले भने, ‘रास्वपा पनि अब हराउँदै जानेछ । विरोधमा रमाएर गरिने राजनीति लामो समय टिक्दैन ।’ उनले राजावादीतिर लक्षित गर्दै प्रतिगामी तत्वहरू किनारा लागिसकेका बताए । नेपालमा उनीहरूको भविष्य नरहेको पनि पौडेलले बताए।
‘प्रतिगामी एजेन्डा बोक्ने अब कहिल्यै उठ्नेवाला छैनन्। बेकारमा समय खेर फालिरहेका छन्’, उनले भने । एमाले-कांग्रेस देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने पार्टी भएको उनले जिकिर गरे। ‘मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं। यही सरकारले मुलुकको भविष्य बनाउँछ’, उनले भने, ‘अहिलेको सरकार ढल्नेवाला छैन । सरकार ढल्छ भनेर सपना नदेखे हुन्छ ।’
सरकार सहमतिअनुसार नै अगाडि बढेको पौडेलले बताए । सरकारले मिलेर काम गरेको देखेपछि ढल्छ भन्नेहरू पनि अब बोल्न छाडेका मन्त्री पौडेलले बताए। ‘अस्थिरताको खोजी गर्ने दिन गयो । नेकपा माओवादी केन्द्रले मुलुकलाई अस्थिरतामा लैजान खोजेपछि कांग्रेस-एमाले मिलेर रोकेका हौँ’, उनले भने ।

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा
अरुपनि पढ्नुहोस
सबै
प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
















