रिमैको शीर्ष गीत सार्वजनिक, कमब्याकपछि यस्तो देखियो दयाहाङ सँग रिश्माको जोडी

नवलपुर टुडे


चितवन । भाद्र २० गतेबाट प्रदर्शनको तयारी रहेको चलचित्र ‘रिमै’ को शीर्षगीत सार्वजनिक भएको छ। बुधबार चितवनको सिजी ल्याण्डमार्कस्थित क्युएफएक्स सिनेमामा आयोजित प्रिमियर कार्यक्रमकाबीच ‘रिमै’ को शीर्षगीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक चलचित्रको पहिलो गीत ‘रिमै’ मा दीपक शर्माको शब्द संगीत तथा आँशु लामा र रिता केसीको आवाज रहेको छ । नरेन्द्र योगीले एरेन्ज गरेको उक्त गीतमा दयाहाङ राई, रिश्मा गुरूङ, अर्पन थापा, गौमाया गुरूङलगायतका कलाकारहरु फिचर्ड छन् । गीतमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।
गीत सार्वजनिक भएसँगै चलचित्रको प्रचार प्रसार सुरु भएको निर्देशकखिलबहादुर गुरूङले बताए । चलचित्रले गुरूङ समुदायको कथा बोकेको उनले बताए । चलचित्रको शीर्ष गीतमा पनि गुरूङ समुदायको संस्कृतिलाई देखाईएको छ । गीत जस्तै चलचित्र पनि राम्रो बनेको नायिका रिश्मा गुरूङले बताईन् । गीत प्रिमियरमा सबैको राम्रो साथ पाएको भन्दै उनले चलचित्रले पनि यसै गरी साथ पाउने विश्वास व्यक्त गरिन् ।
‘कबड्डी’ सिरिजबाट चर्चामा आएकी नायिका गुरूङ लामो समयपछि ‘रिमै’ बाट फिल्ममा फर्किएकी हुन् । यही चलचित्रका लागि उनी अमेरिकाबाट नेपाल आएकी हुन् । यस कारण पनि यो चलचित्रलाई लिएर दर्शकहरु उत्साहित छन् ।
कार्यकारी निर्माता वीरबल घलेले कथावस्तु र प्रस्तुति चलचित्रको बलियो पक्ष भएको बताए । चलचित्रमा गुरूङ समुदायको कथालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको उनको भनाइ थियो । उपेन्द्र सुब्बाको कथा रहेको चलचित्र ‘रिमै’ गोरखा सिराञ्चोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालि र रोटेपिङ इन्टरटेनमेन्टले निर्माण गरेको हो।
मित्रदेव गुरूङको सेनिमाटोग्राफी रहेको चलचित्रलाई टीका गुरूङ, जीत ‘यात्री’ गुरूङ र दुनबहादुर घलेले निर्माण गरेका हुन् । यस्तै राजेश घिमिरे, रोशन भट्टराई र विनु गुरूङ चलचित्रका सह-निर्माता हुन् । दयाहाङ राई, रिश्मा गुरूङ, अर्पन थापा, गौमाया गुरूङ, बुद्धि तामाङ, माओत्से गुरूङ, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















