बाढी पहिरो अप्डेट: ५ घरहरू पुर्ण क्षति, ४५ वटा बाख्रा मरे

उमेश रोकाया


बाजुरा, साउन २८ । बाजुरा जिल्ला हिमाली गाउँपालिका – १ बिच्छ्यामा बाढी पहिरोमा ४५ वटा बाख्रा मृत्यु र ५ घरहरू पुर्ण क्षति भएको छ । सिमपानी रहेका धनरुप बोहरा , रामसिंह बोहरा , प्रबलाल बोहरा र रबिलाल बोहरा सहित ५ वटा घरहरु पुर्ण क्षति भएको छ ।
घरमा रहेकोे अन्न , खाद्यान्न र लत्ताकपडा सहित धनमाल लाखौं क्षति भएको छ । बोल्देमाडौ र तिन गाउँ जोड्ने झुलङे पुल निर्माणका लागी ल्याएको सामान बगाएको छ । कमला भन्ने ठाउँमा भिमराज बोहरा १० वटा बाख्रा र आइसिङ बोहराका ३५ वटा सहित ४५ वटा बाख्रा मृत्यु भएको हिमाली गाउँपालिका -१ का वडा अध्यक्ष जोख्या भण्डारीले बताएका छन ।
साउन २८ गते बुधबार साझ एक्कासि बिच्छ्या खोला पानी बढेपछि भौतिक क्षति भएको छ । भने मानवीय क्षति अहिलेसम्म केही पनि नभएको भण्डारीले बताएका छ्न । क्षति भएका स्थानीयहरु राहत सहयोगका लागि हारगुहार गरिरहेका छ्न । बिच्छ्या माध्यमिक विधालयको पर्खाल भत्किए संगै र बिच्छ्या झुलेङ्गे पुल जोखिम हुँदा विधालयमा विद्यार्थीहरुलाई पठनपाठन बन्द मात्र नभई आवतजावत समस्या परेका छन ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















