ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

उमेश रोकाया


बाजुरा, साउन २८ । जिल्लाको पूर्वी उत्तरी भेग स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो ४ बजेको समयमा वडा नम्बर १ बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार दुर्घटनामा परी वडा नम्बर १ बर्कु बस्ने अन्दाजी २७ का पदम बुढाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ३ जुपु बस्ने अन्दाजी ३५ बर्षका लोकेन्द्र रोकाया घाइते भएका छन् । उनको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।
पिलुचौर साप्पाटा सडक अन्तर्गत कच्ची सडकबाट पिलुचौर आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली त्याँहा पुगेर बुझ्दा वडा नम्बर ४ छापु बस्ने अन्दाजी २३ का रबिन्द्र नाथले चलाएको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ भने ट्याक्टरको नम्बर खुल्न सकेको छैन् । त्यस्तै ट्याक्टरमा ४ जना सवार रहेकामा चालक र नामथर नखुलेका एक जना फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















