बागमतीका मुख्यमन्त्री बानियाँले आज संसदबाट विश्वासको मत लिँदै

नवलपुर टुडे


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसदबाट विश्वासको मत लिँदैछन् । आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई सरकार जोगाउन ११० सदस्यीय बागमती प्रदेशसभामा कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ । यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेससहित साझेदार दल एमालेले पनि ह्वीप जारी गरिसकेको छ ।
गत साउन २४ मा सूचना जारी गर्दै दुवै पार्टी आफ्ना सांसदहरूलाई ह्विप जारी गरेर मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न निर्देशन गरेका छन् । प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















