बुढीनन्दा माताको पुजाआजा गर्ने दिनमा सार्वजनिक विदा दिने निर्णय

उमेश रोकाया


बाजुरा , साउन २१ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकामा श्रावण शुक्ल चतुर्दशी बुढीनन्दा माताको पुजाआजा गर्ने दिनमा नगरपालिका अन्तर्गतका सरकारी कार्यालयमा सार्वजनिक एक विदा दिने निर्णय गरिएको छ ।
बुढीनन्दा नगरपालिका नगर कार्यपालिकाको भदौ १३ गतेका दिनमा बुढीनन्दा माताको मन्दिर परिसरमा बसेको कार्यपालिकाको बैठक द्वारा प्रत्येक बर्ष श्रावण शुक्ल चतुर्दशी बुढीनन्दा माताको पुजाआजा गर्ने दिनमा नगरपालिका अन्तर्गतका सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
साउन २३ गतेका दिन पर्न गएको श्रावण शुक्ल चतुर्दशीमा यस नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक विदा दिने सूचना प्रकाशन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















