राष्ट्रिय युवा संघ कप : भरतपुर महानगर कमिटी फाइनलमा प्रवेश

नवलपुर टुडे


भरतपुर । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा माडी नगर कमिटीलाई हराउँदै भरतपुर उपाधि नजिक पुगेको हो ।
कृष्णपुरको मैदानमा भएको खेलमा भरतपुर ५-० ले विजयी भयो । भरतपुरको जितमा समिर श्रेष्ठले ह्याट्रिक गरे । यस्तै सुदिप गुरुङले २ गोल गरे । माडीका लागि निशान महतोले एक मात्र गोल गरे ।
भरतपुरका समिरले पहिलो हाफको १९ औं, दोस्रो हाफको दोस्रो र २७ औं मिनेटमा गरेर ह्याट्रिक गरे । सुदिपले पहिलो हाफको १५ औं र दोस्रो हाफको २५ औं मिनेटमा दुई गोल गरे । माडीका प्रतिकले दोस्रो हाफको पहिलो मिनेटमा एक मात्र गोल गरे । ह्याट्रिक गरेका भरतपुरका समिर प्लेयर अफ दि म्याच भए ।
भरतपुरले अब उपाधिका लागि कालिका नगर कमिटीको सामना गर्नेछ । कालिका यसअघि पहिलो सेमिफाइनलमा राप्तीलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ । उपाधि भिडन्त २३ गते शुक्रबार दिउँसो ३ बजे हुनेछ ।
राष्ट्रिय युवा युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















