कपिलवस्तुको शिवगढी निर्माण व्यवसायी संघद्वारा अभिमुखिकरण तालिम
धर्मेन्द्र कुमार कुर्मी
29


कपिलवस्तु । हालै गठन भएको शिवगढी निर्माण व्यवसायी संघले निर्माण व्यवसायीहरूलाई लक्षित गरी एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । सार्वजनिक खरिद व्यवस्थापनसम्बन्धी तालिममा ५१ जना व्यवसायीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
लुम्बिनी ग्रीन रिसोर्टमा कार्यक्रमको उद्घाटन संघका पूर्व अध्यक्ष तथा शिवराज नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारीले गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अधिकारीले निर्माण व्यवसायीहरूले आफ्नो हक–हित र व्यवसायिक अनुशासनका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
संघका अध्यक्ष मोहन केसीले तालिममार्फत व्यवसायीहरूलाई कानुनी र प्राविधिक पक्षमा जानकारी प्रदान गरी थप जिम्मेवार बनाउने उद्देश्य राखिएको जानकारी दिनुभयो । तालिममा प्रशिक्षक हितेन्द्र रायमाझीले सार्वजनिक सेवा खरिदका नीतिगत व्यवस्था, कानुनी प्रक्रिया, ठेक्का प्रणाली, मूल्यांकन मापदण्ड लगायतका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
संघले आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिने योजना बनाएको समेत जनाएको छ ।

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू
२०८३ कार्तिक २१ | मध्यान्ह ०१:०७ बजे

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २१ | मध्यान्ह ०१:०७ बजे

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
२०८३ कार्तिक २१ | मध्यान्ह ०१:०७ बजे

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
२०८३ कार्तिक २१ | बिहान ११:०७ बजे

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता
२०८३ कार्तिक २१ | बिहान ११:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने
२०८३ कार्तिक २१ | बिहान ११:०७ बजे

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी
२०८३ कार्तिक २१ | बिहान ०९:०७ बजे

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
२०८३ कार्तिक २१ | बिहान ०९:०७ बजे

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन
२०८३ कार्तिक २१ | बिहान ०९:०७ बजे












