दुर्गा प्रसाईं मध्यरातमा डिल्लीबजार कारागारबाट रिहा

नवलपुर टुडे


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सोमबार उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाउँदै उनी मध्यरातमा रिहा भएका हुन् ।
सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
त्यस्तैसीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग गरेका हुन् । उनी गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।
प्रसाईंलाई लिन कांग्रेस सांसद डा.सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















