कक्षा १२ को नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते हुने

नवलपुर टुडे


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन् ।
गत वर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका थिए भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका थिए । गत वर्षको तुलनामा ९ प्रतिशतले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएका थिए ।
कति विद्यार्थीले कुन–कुन ग्रेड ल्याए ?
कक्षा १२ को नतिजा सुधारोउन्मुख देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डलेसार्वजनिक गरेको नतिजाअनुसार, सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् । सबैभन्दा कम १.६१ देखि २.० जीपीएसम्म ल्याउने विद्यार्थी संख्या जम्मा २३ जना रहेका छन् ।
२.०१–२.४० सम्म ल्याउने आठ हजार ९६४, २.४१–२.८० सम्म ल्याउने ६९,८१२, २.८१ देखि ३.२० सम्म ल्याउने ९४,२६८, ३.२१–३.६० सम्म ल्याउने ५५,८९६ विद्यार्थी रहेका छन् । ३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ५०२ रहेको छ ।
१७ विद्यार्थीको परीक्षा रद्द
कक्षा १२ को परीक्षा दिएका १७ जनाको परीक्षाफल रद्द गरिएको छ । नियमिततर्फ ११ र आंशिकतर्फ ६ जना गरी कुल जम्मा १७ जनाको परीक्षा रद्द भएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिए ।
३८.८३ प्रतिशत नन ग्रेडेड
कक्षा १२ को नतिजाअनुसार ३८.८३ प्रतिशत नन ग्रेडेड भएका छन् ।
ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने भएको छ । बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















