बडीमालिकामा मेलाका लागि त्रिवेणीमा तीन दिन सार्वजनिक विदा

उमेश रोकाया


बाजुरा , साउन १८ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा लाग्ने मेलाका लागि त्रिवेणी नगरपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ ।
जनैपूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन लाग्ने मेलाका लागि नगरपालिकाले सार्वजनिक विदा दिएको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै २१ गतेदेखि २३ गतेसम्म बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
‘त्रिवेणी नगरपालिकाको साउन ६ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार यस नगरपालिकामा अवस्थित पवित्र धार्मिकस्थल बडीमालिका मेलाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएकोले यस नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा २१ गतेदेखि २३ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारी गरिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी प्रसाद शाहद्वारा जारी सूचनामा भनिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















