राष्ट्रिय युवा संघ कप : रत्ननगरलाई हराउँदै राप्ती सेमिफाइनलमा प्रवेश

नवलपुर टुडे


भरतपुर । राष्ट्रिय युवा संघ राप्ती नगर कमिटी भरतपुरमा जारी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा रत्ननगर नगर कमिटीलाई हराउँदै राप्तीले सेमिफाइनलमा स्थान बनाएको हो ।
कृष्णपुरको मैदानमा भएको खेलमा राप्ती २-१ ले विजयी भयो । राप्तीको जितमा सागर तामाङ र आशिष तामाङले गोल गरे । रत्ननगरका लागि अभिषेक चौधरीले एक गोल फर्काए ।
दोस्रो हाफको दोस्रो मिनेटमा सागरको गोलमा राप्तीले अग्रता लियो । २७ औं मिनेटमा आशिषले राप्तीको अग्रता दोब्बर बनाए । अतिरिक्त समयको दोस्रो मिनेटमा रत्ननगरका अभिषेकले गोल फर्काए पनि हार टार्न सकेनन् । राप्तीका सुलभ थापा प्लेयर अफ दि म्याच भए ।
प्रतियोगितामा भोलि राष्ट्रिय युवा संघ माडी नगर कमिटी र खैरहनी नगर कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । राष्ट्रिय युवा युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिता २३ गतेसम्म चल्नेछ ।
८ टोली सहभागी प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दि

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















