ताप्लेजुङमा खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या

नवलपुर टुडे


ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी प्रहार गरी दाजुले आफ्नै भाइको हत्या गरेका छन् । आठराई त्रिवेणी गाउँपालिका–४ चागेमा शुक्रवार राति दाजुभाइबीच सामान्य वादविवाद हुँदा दाजुले भाइलाई खुकुरी प्रहार गरेका थिए ।
दाजुले प्रहार गरेको खुकुरीले भाइको मृत्यु भएको वडाध्यक्ष अर्जुन लिम्बुले जानकारी दिए । २२ वर्षका मनकुमार बिकले घरायासी बिषयलाई लिएर सामान्य विवाद हुँदा आफ्नै भाइ वर्ष २० का रोशन बिकको हत्या गरेको जिल्ला प्रहरी प्रमुख वेद प्रसाद गौतमले जानकारी दिए ।
दाजुले धारिलो खुकुरीले भाइको पेटमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना थाहा पाउना साथ इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली घटनास्थल पुगेर राति १०ः३० बजे खुकुरी प्रहार गर्ने दाजु मनकुमार बिक र खुकुरी नियन्त्रण लिएको छ । आरोपित विकलाई अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















