नाउपाको अध्यक्षमा लालवीर चौधरी चयन

रासस


काठमाडौं, साउन १५ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् । पार्टी अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाएर चौधरीलाई अध्यक्ष बनाइएको हो । संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष छानेको हो । चौधरी रेशमका बुबा हुन् भने रञ्जीताका ससुरा । भेलाले बुधबार रञ्जीतालाई अध्यक्षबाट हटाएको थियो ।
राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेपछि चौधरीले पार्टीलाई विधिविधानअनुसार अघि बढाउने बताएका छन् । उनले पार्टीभित्र निकास निकाल्नका लागि आफू गम्भीर रहेको भन्दै आफ्ना कुराहरू पार्टीमा राख्न रञ्जिता श्रेष्ठलाई सुझाव दिए । रञ्जिताले डेड वर्षदेखि पार्टीको बैठक समेत नराखेको र त्यसका कारण पार्टीका गतिविधि अवरुद्ध भएकाले राष्ट्रिय भेलामार्फत निकास निकाल्ने प्रयास गरेको चौधरीले बताए । पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा आफू अघि बढ्ने उनको भनाइ छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















