हिमालीमा प्रथम राष्ट्रिय कोदो दिवस मनाउने

उमेश रोकाया


बाजुरा , साउन १४ । जिल्ला पुर्वी भेगमा पर्ने हिमाली गाउँपालिका प्रथम राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।
हिमाली गाउँपालिकाले राष्ट्रिय रुपमा प्रथम पटक मनाउन लागेको राष्ट्रिय कोदो दिवसको अवसरमा “कोदोजन्य परिकारको आहार खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाउने कार्यक्रम गरिने भएको छ ।
गाउँपालिका स्तरीय सम्पुर्ण कृषक, कृषक समूह, सहकारी, कृषि फर्म, कृषिमा आवद्ध संघ संस्था साथै कृषि प्रेमी सम्पूर्ण जन-समुदायहरुलाई उपस्थितिका लागि पालिकाले अनुरोध गरेको छ ।
हिमाली गाउँपालिका – ६ धिममा साउन १६ गतेको दिनमा प्रथम राष्ट्रिय कोदो दिवस भव्य रूपमा मनाउने भएको प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापाले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















