सन्तोष पाण्डे तेस्रोपटक लुम्बिनीको मन्त्री बने

नवलपुर टुडे


बुटवल । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका छन् । योसँगै उनी लुम्बिनी प्रदेशको तेस्रोपटक मन्त्री बनेका हुन् । आइतबार उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी आजै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको छ । उनी पहिलोपटक २०७८ साउन २७ गते मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा भौतिक पूर्वाधार तथा विकासमन्त्री नियुक्त भएका थिए ।
दोस्रोपटक २०७९ वैशाखमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको नेतृत्वमा उनले गृह मन्त्रालय (आन्तरिक मामिला, कानुन र सहकारी) को जिम्मेवारी सम्हालेका थिए । तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए । ११ सदस्यीय मन्त्रिमण्डल रहेकोमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्यले नै सम्हाल्दै आएका थिए । उनको शपथग्रहण भोलि (सोमबार) दिउँसो ३ बजे हुनेछ । पाण्डेको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा गएको थियो ।
वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित पाँचजना मन्त्री एमालेबाट, पाँचजना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री थिए । पाण्डे रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















