संयुक्त राष्ट्रसंघले भन्यो– गाजामा तीनमध्ये एक व्यक्ति भोकै

नवलपुर टुडे


काठमाडौं । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा हर तीनमध्ये एक व्यक्ति धेरै दिनदेखि खाना नखाई बाँचिरहेको बताएको छ ।
विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कुपोषण बढ्दै गएको छ र ९० हजार महिला र बालबालिकालाई तत्काल उपचारको आवश्यकता छ ।”
गाजामा यो हप्ता भोकमरी झन् बढ्ने एजेन्सीहरूको अनुमान छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार कुपोषणका कारण थप नौ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार इजरायलसँग युद्ध सुरु भएदेखि हालसम्म कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या १२२ पुगेको छ ।
गाजामा आवतजावत गर्ने सबै कुरामाथि नियन्त्रण राख्ने इजरायलले यो क्षेत्रमा कुनै पनि सहायता पुग्नबाट नरोकोको बताएको छ ।
इजरायलले गाजामा कुपोषणको लागि हमासलाई जिम्मेवार ठहराएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टोबर २०२३ देखि गाजामा ५९ हजारभन्दा बढी मानिस मारिएका छन् । बीबीसी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















