सिरहाको गोलबजार मुसहर्नियाँमा खुकुरी प्रहार गरी दाइको हत्या

नवलपुर टुडे


सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ । २५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् ।
छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार घटनापछि आरोपी श्याम फरार छन् र उनको खोजी भइरहेको छ । शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















