चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाईते

नवलपुर टुडे


चितवन, साउन ९ । चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गाडीको ठक्करबाट मोटरसाइकल चालक चितवनको कालिका नगरपालिका २ बस्ने ३५ वर्षिय मुकुन्द कँडेल गम्भिर घाइते हुनुभएको थियो । उहाँको भरतपुर अस्पतालमा उपचारका क्रममा राती १ः१९ बजे मृत्यु भएको खनालले जानकारी दिनुभयो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०५१० नम्वरको तरकारी बोक्ने बोलेरोले गयराती टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ प ३५०९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र.०३–००१ ख ३३६५ नम्वरको रात्री बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । बोलेरो चालक कास्की लेखनाथ नगरपालिका २७ वस्ने ३० वर्षिय हुमेस लामगाले र सोही बोलेरो धनी कास्की माछापुच्छ्रे गाउँपालिका ३ बस्ने ३४ वर्षिय ध्रुबराज पोखरेल सामान्य घाइते हुनुभएको छ ।
प्रहरीले चालकसहित बोलेरो र धनीलाई नियन्त्रणमा लिएको जनाएको छ । बसमा सामन्य क्षति भएको छ भने यात्रुहरुलाई गन्तव्यतर्फ पठाइएको छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















