जीप दुर्घटनामा घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत उद्वार

उमेश रोकाया


बाजुरा, साउन ८ । बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन कार्यालय र पर्यटन मन्त्रालयको पहलमा गृह मन्त्रालयबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शितल रावलले जीप दुर्घटनाबाट घाइतेहरु मध्ये गम्भिर अवस्था भएका ४ जनालाई पहिलो चरणमा उपचारका लागि सुर्खेत पठाइएको बताएका छन् । जसमा घाइते चालक गौरी बुढा, बाजधन रोकाया, राम बहादुर बुढथापा र सुरेन्द्र शाहीलाई रेफर गरिएको छ । उनीहरुलाई हिमाली गाउँपालिकाको तिथिचौरबाट उद्धार गरिएको बताए ।
त्यस्तै उनका अनुसार केही मध्यम अवस्था भएकाहरुलाई उपचारका लागि कोल्टी अस्पतालाई ल्याइएको छ भने बाँकी सिकिस्त घाइतेलाई दोस्रो चरणमा उद्धार गरिने बताइएको छ । बिहीवार बिहान वडा नम्बर ५ किउडीबाट धुलाचौर आउँदै गरेको जीप दर्घटना भएको थियो । हिमाली गाउँपालिका २ बस्ने अन्दाजी २२ बर्षका गौरी बुढाले चलाएको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप कच्ची साघुँरो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते मध्ये १३ जनाको अवस्था गम्भिर छ । सामाजिक सुरक्षा भत्ता नविकरणका लागि वडा आउन लागेका उनीहरु दुर्घटनामा परेका हुन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















