रौतहटको झाझ खोलामा कारबाट १३३ किलो गाँजा बरामद

नवलपुर टुडे


रौतहट । रौतहटको गरुडा नगरपालिका– ५ स्थित झाझ खोला नजिकबाट प्रहरीले १३३ किलो गाँजा निजी कारबाट बरामद गरेको छ । मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट गरुडा प्रहरीले १३ वटा पोकामा राखिएको लागुऔपषध गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए ।
रातो कलरको ब्रेजा कारमा गाँजा लिएर सदरमुकाम गौरतर्फ जाँदै गरेको सूचना पाएपछि गरुडा प्रहरीले चेकिङ तीब्र बनाएको थियो । तर, चालकले प्रहरी चेकिङ छलेर तीव्र गतिमा कार भगाउँदा समेत सफल नभएपछि खेतमा छोडेर भागेको थियो । डीएसपी कार्कीले बरामद गाडीमार्फत कारोबारीसम्म पुग्न अनुसन्धान अघि बढाइएको बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















