हुम्लामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

उमेश रोकाया


हुम्ला , साउन २ । सिमकोट गाउँपालिका- १ को दोजाम बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका-१ को दोजामबाट सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए ।
डीएसपी पोखरेलका अनुसार १५ जना सवार रहेको कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बर ट्याक्टर दोजाम बैजीबाडा नजिक दुर्घटना भएको हो ।
उनले भने, ‘जडीबुटी सकंलन गरी घर फर्किरहनु भएको रहेछ ।तर बीचमै दुर्घटना भएको छ। हामी उद्धार गरिरहेका छौं, ट्याक्टर खोलामा छ।’ ट्याक्टरमा चढेकाहरू खार्पुनाथ गाउँपालिका- ३ र सिमकोट गाउँपालिका-८ स्याडाका स्थानीय रहेको डिएसपी पोखरेलको भनाइ छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















