पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

नवलपुर टुडे


काठमाडौँ, साउन १ । सौरमास अनुसार साउन महिना लागेसँगै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना भएकाले पूजा आराधना एवं दर्शनका लागि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो । बिहान चार बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो । पशुपतिनाथका चार ढोका बिहान चार बजेदेखि नै भक्तजनका लागि खुला गरिएको थियो ।
पशुपति क्षेत्रमा आजदेखि नै चार वटा ठूला कार्यक्रम पनि सुरु भएकाले पनि बिहानै देखि लाखौँ भक्तजनको भीड देखिएको उहाँले जानकारी दिनुभयोे । ती कार्यक्रमका कलश यात्रालगायत कार्यक्रम र पशुपतिनाथको साउनमा हुने नियमित पूजा आजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको हो ।
साउन महिनाको पनि सोमबार र शनिबार पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड हुने गर्छ । आजदेखि नै पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको पनि सदस्य सचिव जोशीले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा सोमबार र शनिबार भक्तजनको धेरै भीड लाग्ने गर्छ । सोमबार र शनिबारका लागि स्वयंसेवक खटाउने तयारी पनि कोषले गरेको छ ।
पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाभित्रका शिवालयहरु गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रमा रहेको सानो पशुपतिनाथ भनिने मक्खन महादेवलगायत साना ठूला शिवालयमा पनि भक्तजनको भीड लागेको छ । चान्द्रमास अनुसार असार २७ गते शुक्रबारदेखि नै साउन महिना लागिसकेको छ । यस वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ । यसैगरी पाँच वटा शनिबार परेको छ । यसैगरी पाँच शनिबार परेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















