बिरेखाेला झरनाको प्रचारप्रसार र प्रवर्द्वनका लागि देउडा विशेष कार्यक्रम हुने

उमेश रोकाया


बाजुरा, असार ३२ । बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडी नजिकै रहेकाे बिरेखाेला झरनाको प्रवर्द्वनका लागि बिहीवार देउडा विशेष कार्यक्रम हुने भएकाे छ ।बडीमालिका नगरपालिका–८ र ६ को सिमामा रहेकाे बिरेखाेलाको झरनाको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि देउडा विशेष कार्यक्रम हुने भएकाे हाे ।
बिरेखाेला झरनाको प्रचारप्रसारका लागि साउन १ गते अर्थात भाेलि देउडा विशेष कार्यक्रमकाे आयाेजना गरिएकाे बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाले बताइन् । उनले बडीमालिका सामाुदायिक विकास समाजकाे आयाेजना, नगरपालिका, सामाजिक विकास कार्यालयकाे सहयाेग तथा वडा नं. ६ र ८ को समन्वयमा देउडा कार्यक्रम हुने जानकारी दिइन् ।
त्यस्तै बिरेखाेला झरनाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय लोक संस्कृतिकाे संरक्षण गर्ने उद्देश्यका साथ देउडीया विष्णा विष्ट र पुने दानीबीच झरनामा देउडा हुने कार्यक्रम जनाएकाे छ । पुरुषहरूले दाउरा–सुरुवा, कोट र महिलाहरूले मखमली रातो चोली, कटन धोती र सेतो पटुकीमा सजिएर देउडामा नाचगान प्रस्तुत गर्नेछन्। देउडा भाग लिने सबैलाई मौलिक पहिरनमा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















