मोटरसाइकल दुर्घटनामा परी पत्रकार बस्यालको मृत्यु

नवलपुर टुडे


बर्दिया । नेपाल पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) को आइतबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डीएसपी चक्र डमर पालका अनुसार शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा उनको राति मृत्यु भएको हो।
हुलाकी सडकको सोही पालिका–८ स्थित गणेश चोकमा मोटरसाईकल अनियन्त्रित भई पछाडि बसेका बस्याल गम्भीर घाइते भएका थिए। साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो,’ उनले भने।
मोटरसाइकल चालक विष्णु पौडेल घाईते भई गुलरियामा उपचार भइरहेको छ । बारबर्दिया नगरपालिका–४ का साइकल यात्रु प्रदिप थारु सामान्य घाइते भई उपचार पछि घर फर्केको प्रहरीले जनाएको छ। ५७ वर्षीय बस्याल दुई कार्यकाल पत्रकार महासंघ, बर्दियाका अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष बनेका थिए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















