टोल विकास संस्थाको निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन पराजित, रास्वपाको ‘क्लिन स्वीप’

नवलपुर टुडे


बुटवल, असार २९ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर– ८ स्थित मिलन टोल विकास संस्थाको निर्वाचनमा सत्तारुढ कांग्रेस र एमालेको गठबन्धनलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाजी मारेको छ ।
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत वडाको मिलन टोल विकास संस्थाको चुनावमा ४ जना पदाधिकारीमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको हो ।
उक्त टोल नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको घर भएको टोल हो । यसैगरी कांग्रेस रुपन्देही सभापति तथा तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणको घर भएको वडा जोडिएको टोल हो । १५ सदस्यीय कार्यसमितिमा ४ पदाधिकारी र ४ सदस्य रास्वपाले जितेको छ ।
२७२ घरधुरी मतदाता रहेको संस्थाको चुनावमा २३३ मत खसेको थियो । अध्यक्षमा रास्वपाका रामाकान्त भुसालले १२४ मत पाएर विजयी हुँदा एमालेका कृष्ण चापागाईंले सय मत पाए । उपाध्यक्षमा पर्शुराम काफ्लेले १४५ मत पाउँदा गठबन्धनका कांग्रेसकी रीना बरालले ८१ मत पाइन् । सचिवमा रास्वपाका सीता तिवारीले ११९ मत पाएर विजयी हुँदा कांग्रेसका थम्मन गुरुङले १०५ मत पाएका थिए ।
कोषाध्यक्षमा रास्वपाका प्रतीक पाण्डे १२६ मत पाएर विजयी हुँदा एमालेकी बबि चापागाईंले ९८ मत पाएकी छन् । रास्वपाका स्थानीय नेता बुद्धि सापकोटाले हरेक संस्थामा सत्तारुढ दुई दलको सिन्डिकेटविरुद्ध अब टोल टोलबाट विद्रोह हुन लागेको नतिजाका रूपमा यो चुनावलाई बुझ्नुपर्ने बताए ।

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















