सात वर्षदेखि सम्पर्क विहिन पाण्डे, खोजी लागि आग्रह

उमेश रोकाया


बाजुरा , असार २७ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ बोल्डिक घर भएका मदन पाण्डे सात वर्षदेखि सम्पर्क विहिन भएका छन् । पारिवारिक स्रोतका अनुसार धुलाचौरमा गाउँमा भाँडा ल्याएर बेच्नेहरुले धुलाचौरबाट भरिया बनाएर डडेल्धुरा हुँदै रोल्पा जिल्लासम्म गएको खबर भएपनि रोल्पा पुगेपछि सम्पर्क विहिन भएको जनाएको छ ।
बोल्डिक घर भएका पाण्डे २०७५ सालबाट पारिवारिक रुपमा सम्पर्क विहिन बनेका छन् । सम्पर्क विहिन बनेको सात वर्षसम्म पनि उनी घर नफर्किएपछि आफन्त रामचन्द्र पाण्डेले खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा उनकी आमा विउरा पाण्डेले निवेदन दिएका छन् ।
गाउँपालिकाको केन्द्र धुलाचौरमा रहेको भवानी माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययन गर्दै आएका पाण्डे भाँडा विक्री गर्नेसंग गएपछि सम्पर्कमा नआएको उनका नाती पाण्डेले बताएका छन् । परिवारबाट सम्पर्क विहिन भएका पाण्डेका एक्ला छोरा हुन । हालसम्म भेटिएका छैनन् । २० वर्षको उमेरमा सम्पर्क विहिन भएका पाण्डे हालसम्म नभेटिएकाले आफन्तले प्रहरीमा निवेदन दिएर खोजीका लागि गुहार गरेका छन् ।
बुबाको मृत्यु भइसकेको र आमा घरमा एक्लो भएकाले खोजीका लागि हार गुहार गर्न थालिएको छ । नाती नाता पर्ने रामचन्द्र पाण्डेका अनुसार प्रहरीलाई हुलिया सहितको निवेदन खोजीका लागि दिएको बताए । सम्पर्क विहिन भएका पाण्डेलाई कसैले भेटाएमा आफन्त नाती नाता पर्ने रामचन्द्र पाण्डे ९८४८५२१४३७ र उनका भिनाजु ९८४९५२४४६६ मा सम्पर्क गरिदिन हुन आग्रह गरिएको छ । बुबा श्रीलाल पाण्डे र आमा विउरा पाण्डेका छोरा मदन पाण्डे सम्पर्क विहिन भएका हुन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















