जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै

रामएकवाल राम


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय परिसंघ (डोटिम) ले राजधानीमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । अगामी शनिबार दिउँसो १२ बजे काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा जसपा नेपाल निकट डोटिम परिसंघले देशका सबै सीमान्तकृत, अल्पसङ्ख्यक, उत्पीडित समुदायको सहभागितामा बृहत् अन्तरक्रिया गर्न लागेको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।
प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त अन्तरक्रियाको उद्घाटन गर्ने कार्यक्रम छ । दलित, पिछडा वर्ग, थारु, आदिवासी, मुस्लिम अल्पसङ्ख्यक गरी सबै उत्पीडित समुदायलाई समेटेर गठन गरिएको केन्द्रीय परिसंघको प्रत्येक क्लष्टरबाट एक–एक जना वक्ता रहेका छन। उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडा वर्ग, मुस्लिम र अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित नेतृत्व, सङ्घ–संस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागिता रहने जनाइएको छ ।
जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्ति, आर्थिक, सामाजिक–सांस्कृतिक भेदभाव, असमानता र उपेक्षाको अन्त्यका लागि संयुक्त सङ्घर्ष गर्ने उद्देश्यले केन्द्रीय परिसंघको ब्यानरमा बृहत् अन्तरक्रियाको आयोजना गरिएको बताइएको छ ।
केन्द्रीय परिसंघले हालै सार्वजनिक गरेको अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडा वर्ग, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदाय र महिला माथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्यका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने उल्लेख गरिएको छ ।
सीमान्तकृत उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न देशव्यापी सङ्घर्षमा उत्रिने जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















