धुलाचौर बजारमा अप्टिकल फाइबर नेट जडान

उमेश रोकाया


बाजुरा , असार २४ । जिल्लाको पुर्वी क्षेत्रमा हिमाली गाउँपालिका धुलाचौर बजारमा अप्टिकल फाइबर नेट जडान गरिएको छ । हिमाली गाउँपालिकामा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर जडान गर्न लागिएको हो ।
पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा हिमाली गाउँपालिकालाई प्रबिधिमैत्री बनाउनका लागि भाइबर नेट जडान गर्न लागिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
अन्य माध्यमभन्दा फाइबर इन्टरनेटबाट धेरै गतिको इन्टरनेट चलाउन सकिन्छ । यसमा धेरै तिव्र गतिमा डाटा ट्रान्सफर हुन्छ, फाइबर नेट जडान गर्न लागिएको हो।
हिमाली गाउँपालिकालाई प्रबिधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गर्न लागिरहेको छौँ ।, यसले विद्यालय, सरकारी कार्यालय र धुलाचौर बजार क्षेत्रका व्यवसायीहरुले सेवा लिने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो । अहिलेको सूचना प्रबिधिको युगमा इन्टरनेट पनि अपरिहार्य जस्तै भएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















