सैनामैना सेवा समाज यूएईको आयोजनामा हुन लागेको तीज धमका २०२५ मा खुमन र मञ्जु विशेष दिन दुवई आउँदै।

कबिराज राजबंशी

सैनामैना सेवा समाज यूएईको आयोजनामा हुन लागेको तीज धमका २०२५ मा खुमन र मञ्जु विशेष दिन दुवई आउँदै।
कविराज राजवंशी प्रवास यूएई/ सैनामैना सेवा समाज यूएईको आयोजनामा तीज धमका २०२५ आयोजना हुने भएको छ । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको भातृ संगठन सैनामैना सेवा समाज यूएईले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अक्षयकोष निर्माणार्थ कार्यक्रम गर्न लागेको हो ।

सन् २०१८ देखि “विदेशमा पहिचान समृद्ध सैनामैना हाम्रो अभियान” भन्ने मुल नाराका साथ सेवा दिँदै आएको समाजले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तीज धमका आयोजना गर्न लागेको कार्यक्रम संयोजक युवराज भट्टराईले जानकारी दिए ।

संयोजक भट्टराईका अनुसार कार्यक्रम आउँदो अगस्ट ३ तारिख आइतबारका दिन युएईको दुबईस्थित बरदुबईको क्लब एभरेस्ट याक एण्ड यतिमा हुँदैछ । कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायीका मञ्जु भट्टराईको मुख्य प्रस्तुती रहने आयोजकले जनाएको छ ।

साथै, यूएईमा रहेका कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ । कार्यक्रमको उद्घोषण भने समाजका महासचिव तथा कुशल उद्घोषक सुरेन्द्र परियारले गर्ने छन । कार्यक्रममा नेपाली परिकारहरुको स्वादमा पनि रमाउन सकिने बताइएको छ । हाल समाजले कार्यक्रमको तयारी तथा प्रचार प्रसारको कार्यलाई तिव्रताका साथ अघि बढाएको पनि संयोजक भट्टराईले जानकारी दिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















