मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
डिजिटल युगसंगै कांग्रेस हिड्नु पर्छ: सुशिला मिश्र भट्ट


धनगढी , असार २१ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको २०८२ आषाढ १६ गते देखि ललितपुरको सानेपामा सञ्चालित बैठकमा सहभागीहरुले बोल्ने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं विज्ञान तथा सुचना प्रविधि विभागका प्रमुख सुशिला मिश्र भट्टले असार २० गते सोही बैठकमा आफ्नो बिचार राख्ने क्रममा यस्तो कुरा बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पार्टीलाई डिजिटल युग मैत्री बनाउने उद्धेश्य राखी बिज्ञान तथा सुचना प्रविधि विभागले पार्टीलाई थप सशक्त बनाउने लक्ष्य सहित केही डोक्युमेन्टहरु पार्टीलाई हस्तान्तरण गरिसकेको बताउनुभयो । ”
“डिजिटल काँग्रेस निर्माण”को अवधारणामा आधारित विभिन्न रणनीतिक पहलहरू सञ्चालनको तयारी बिभागले सुरु गरिसकेको मिश्र भट्टले बताउनुभयो ।
<span;>उहाँले भन्नुभयो, “पार्टीले जिल्ला तहलाई डिजिटल रुपले सक्षम र सशक्त बनाउन प्रशिक्षणमा आधारित कार्यक्रम तयार गरेर पार्टीलाई प्रस्तावित डोक्युमेन्ट विभागबाट हस्तान्तरण गरिएको बताउनुभयो । ”
नेपालमा ए आई सम्बन्धी नीति,उपयोग, अवसर र सम्भावित जोखिमहरु बारे बिज्ञहरु सहितको कार्यक्रम केही दिनमै आयोजना गर्ने तयारी रहेको छ । वहांले बिज्ञान तथा सुचना प्रबिधि विभागको जिम्मेवाी दिनु भएकोमा विभागको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवाज्यू प्रति आभार प्रकट गर्दै यसमा सभापतिज्यु र पदाधिकारी सहित सबैको सहयोगको आवश्यक रहेको बताउनुभयो ।
उहाँले पार्टीको १०० दिने विशेष अभियानमा पार्टीले आफूलाई बर्दिया जिल्लामा खटाएको र २०८१ कार्तिक २४ गते लौह पुरुष गणेशमान सिंह एवं नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण समशेरको स्मृति दिवशको अवसरमा अभियानको उद्घाटन भई अभियान सम्बन्धी जानकारी र जिल्लामा खटिने प्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको बैठकमा जानकारी गरेको बताउनुभयो ।
१०० दिने अभियानको अवधीमा आफुले जिल्ला, प्रतिनिधीसभा क्षेत्र, प्रदेश सभा क्षेत्र, ८ वटै स्थानीय तहले छुट्टा छुट्टै आयोजना गरेको अभियानको कार्यक्रममा सहभागी भएर पार्टी संगठन र अभियानको महत्व र औचित्यको बारे कार्यक्रमा प्रस्तुतीकरण गरेको उल्लेख गर्दै यस अभियानमा पुर्ण सहयोगको लागि बर्दिया पार्टी सभापति, नेतागण, जिल्ला लगायत सबै तहका पदाधिकारी लगायतलाई धन्यबाद दिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं विज्ञान तथा सुचना प्रविधि विभागका प्रमुख सुशिला मिश्र भट्टले बताउनुभयो ।

























