सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि

नवलपुर टुडे


काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आज (शनिबार) भएको फाइनलमा सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि जोय थापाले अविजित २४ रन बनाए । ९२ रनमा ८ विकेट गुमाएको नेपाललाई थापाले जिततर्फ दोहोर्याएका थिए ।
अभय यादव १० रनमा अविजित रहे। नवौँ विकेटका लागि जय र अभयले २५ रनको साझेदारी गरेका थिए । विकेट किपर शिवांश बजगाईंले २० रन बनाए भने शुभम् खनालले १८ रन थपे । प्रसिद्ध जैसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए । रौनक श्रीवास्तव शून्य र सुगम बुढाथोकी १ रनमा आउट भए । यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो । सिङ्गापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । त्यसक्रममा उनले ८४ बलको सामना गरे । रिहान नाइकले १५ रन बनाए ।
नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले पनि ३÷३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए । नेपाल हालसम्म प्रतियोगितामा अपराजित छ । सिङ्गापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिङ्गापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो । प्रारम्भिक चरणमा नेपाल र सिङ्गापुर एउटै समूहमा थिए ।
समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो । समूह ‘ए’ बाट नेपाल चारवटै खेल जित्दै आठ अंकसहित पहिलो र सिङ्गापुर दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । जारी प्रतियोगितामा नेपाली टोलीले हालसम्म सबै खेल जित्यो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















