कृष्णानगरमा प्रहरीसँगको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
नन्द किशोर कुर्मी (लालु)


कपिलवस्तु । कपिलवस्तुकाे कृष्णानगर नगरपालिका वाड-१२ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाई’ कार्यक्रम समापन भएको छ । ईलाका प्रहरी कार्यालय कृष्णानगर र प्रहरी चौकी कार्यालय बेदार्मीको आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालयसँग शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपस्थित केही व्यक्तिहरुले सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छुटको सट्टा अभद्र व्यवहार हुने गरेको, खाल्डाखुल्डी सडकले सास्ती खेप्नु परेको गुनासो गरेका थिए । त्यस्तै भीआईपीलाई बढी सुरक्षा र सर्वसाधारण असुरक्षित भएको गुनासो गरेका थिए भने प्रहरीलाई आवश्यक सवारी नभएको पनि गुनासो आएको थियो । उनले पहुँचका भरका अपराधी सुरक्षित हुने दिन सकिएको भन्दै अन्यायमा परेकाले न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे ।
कृष्णानगरका ईलाका प्रहरी प्रमुख इश्वर लौडारीले सार्वजनिक सुनुवाई कार्यक्रम सफल भएको बताउँदै उपस्थित भएर गुनासो राखिदिएकोमा धन्यवाद व्यक्त गरे । गुनासोको सम्बोधन गर्दै ईलाका प्रहरी कार्यालय कृष्णानगरका प्रमुख इश्वर लौडारी माथिल्लो निकायले दिएको गैरकानुनी आदेश पालना गर्न प्रहरी बाध्य नहुने र सुरक्षाका दृष्टिकोणले सबै समान रहेको बताए । उनले प्रहरीसँग आन्तरिक स्रोत साधनको कमी रहेको स्वीकार गरे ।

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















