Opens in a new tab

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

रासस

29Shares
dida bag ad

सुर्खेत, असार २० । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुंगाले लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुंगा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले बताए ।

प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले जानकारी दिए । 

अरुपनि पढ्नुहोस

सबै

रेल सेवा व्यवस्थित गर्न माग

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे

मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे