Opens in a new tab

“उज्यालो नेपालका नायक” कुलमान घिसिङ युएईमा विशेष अन्तरक्रिया कार्यक्रममा सहभागि हुन आउदै हुनुहन्छ।

कबिराज राजबंशी

29Shares
dida bag ad

“उज्यालो नेपालका नायक” कुलमान घिसिङ युएईमा विशेष अन्तरक्रिया कार्यक्रममा सहभागि हुन आउदै हुनुहन्छ।IMG 20250702 WA0002

प्रवास यूएई/ आउँदो ६ जुलाई आईतबारको दिन “उज्यालो नेपाल का नायक” को रुपमा चिनिने ३ करोड नेपालीको मनमुटुमा बस्न सफल तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यूएईमा विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आउनु हुँदैछ । यूएईमा क्रियाशील नेपाली संघ-संस्थाहरू र आदिवासी जातिय समुदायको संयुक्त पहलमा आयोजना गरिने यो कार्यक्रम दिउँसो २ बजे देखि क्लव SK7, युएइको प्रमुख शहर दुवईको बर दुबई मा आयोजना हुने भएको छ।

kulman

उक्त कार्यक्रममा यूएई लगायत मध्यपूर्वका नेपाली दाजुभाइ-दिदीबहिनीलाई कुलमान घिसिङसंग प्रत्यक्ष भेटघाट गर्न, आफ्नो अनुभव साझा गर्न र उज्यालो नेपाल निर्माणमा उहाँको योगदानबारे सुन्न अवसर मिल्नेछ। कार्यक्रममा प्रवेश निःशुल्क रहेको आयोजकहरूले जानकारी दिएका छन्। कुलमान घिसिङले यस भ्रमण २ जुलाई देख १३ जुलाई सम्म मध्य पूर्वको राष्ट्र खाड़ी बहराइन, ओमान, यूएई र कतारका नेपाली श्रमिकहरूसँग समेत प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराएका छन्।

उहाँले भनेका छन् — “म तपाईंहरूलाई टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु, तपाईंहरूको जीवन, संघर्ष र सपना बुझ्न र मेरा अनुभवहरू साटासाट गर्न यो यात्रा थालेको हुँ।”

आयोजकहरूले यूएईका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाउन हार्दिक अनुरोध गरेका छन् ।

 

 

 

 

 

 

 

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे