चितवनमा १६ जनालाई खो खो खेल क्षमता अभिवृद्धि प्रशिक्षक तालिम

नवलपुर टुडे


चितवन । चितवनमा ५ दिने खो खो खेल क्षमता अभिवृद्धि प्रशिक्षक तालिम सम्पन्न भएको छ । असार १३ गतेबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।
जिल्ला खेलकुद बिकास समिति चितवनले प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशको सहयोगमा आयोजना गरेको तालिमको आज एक कार्यक्रमबीच समान गरिएको हो । समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले तालिममा सिकेका बिषयलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले नयाँ प्रशिक्षकहरुबाट नयाँ खेलाडीहरु उत्पादन हुने विश्वास पनि व्यक्त गरे ।
तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट १६ प्रशिक्षार्थी प्रशिक्षकहरु सहभागी हुने । उनीहरुलाई खो खो प्रशिक्षक लक्ष्मीनारायण वैद्य र दीलिपकुमार महर्जनले प्रशिक्षण दिएका थिए । प्रशिक्षक वैद्यले छोटो समयावधिमा पनि सक्दो राम्रो प्रशिक्षण दिएको बताए । यस्तै प्रशिक्षार्थी प्रशिक्षकहरुले पनि तालिम उपलब्धिमूलक भएको बताए ।
खो खो सम्बन्धी क्षमता अभिवृद्धिका लागि यो तालिम आयोजना गरिएको जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीले बताए । उनले तालिमप्राप्त नयाँ प्रशिक्षकहरुलाई आ-आफ्नो जिल्लामा नयाँ खेलाडी उत्पादनमा लाग्न आग्रह गरे । यस्तै उनले यी प्रशिक्षकले उत्पादन गरेका खेलाडीहरुलाई ठूका प्रतियोगितामा खेलेको देख्न पाइने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















