जन्मदिनको अवसरमा बोहराले एसईई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार

उमेश रोकाया


बाजुरा , असार १७ । जन्मदिनको अवसरमा बुढिनन्दा नगरपालिका नगर प्रमुख स्वकीय सचीव केशर कुमार बोहराले एसईई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार दिएका छन ।
आफु २८ औं जन्मदिनको अवसरमा यस बुढिनन्दा नगरपालिकाका ५ वटा माद्यामिक विद्यालयका १/१ जना एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान हौसलाका लागी एक विद्यार्थीलाई १ हजार ५ सय ५५ रुपैयाँ बराबरको पुरस्कार स्वरुप स्टेसनरी सामाग्री सहज पुर्याउन यो पुरस्कार दिएको छ । एक जना विद्यार्थीलाई रु.१५५५ अनुसारको रकम बुढिनन्दा नगरपालिका प्रमुख प्रशासनिक अधिकृत सन्तोष कुमार शाहलाई हस्तान्तरण गरिएको छ ।
गतवर्ष शिद्रेश्वरी आवासीय विद्यालयको आवासमा बसोबास गर्ने विपन्न, टुहुरा, हलिया, खलिया र जनजाति बालबालिकाहरु लाई स्टेसनरी,खाद्यान्न, खेलकुद सामाग्री हस्तान्तरण गरेको थियो । बुढिनन्दा नगरपालिका – ४ भावना आधारभूत विधालयका विद्यार्थीहरुलाई पढ्दै कमाउदै अभियान संचालन गर्नको लागि नगद हस्तान्तरण गरिएको थियोे । आफ्नो जन्मदिनको उत्सव मनाउने खर्च रकम सानोतिनो पुरस्कार स्वरुप एसईई उत्कृष्ट नतिजा ल्याउने ५ जना विद्यार्थीलाई पुरस्कार दिएको बोहराले बताएका छन ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















