एसईई परिक्षा बुढिनन्दामा ८३.६ प्रतिशत विद्यार्थी उत्तिर्ण

उमेश रोकाया


बाजुरा , असार १७ । बुढिनन्दा नगरपालिकामा एस.ई.ई. परिक्षामा ८३ प्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन् । नगरपालिकाबाट एसईईमा सम्मेलित मध्ये ८३ दशमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । ५ वटा विद्यालयका २ सय ८ मध्ये एक सय ७३ जना विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाले जनाएको छ ।
एसईईमा सबैभन्दा उत्कृष्ट नतिजा नन्देश्वरी माविको देखिएको छ । सो विद्यालयबाट १२ जना विद्यार्थी सम्मेलित भएका थिए भने १२ जना नै उत्तीर्ण भएर शत प्रतिशत नतिजा हासिल गरेको छ । त्यस्तै बाँधु माविमा ३७ जना मध्ये ३४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
जनप्रकाश माविमा ८१ जना मध्ये ६१ जना उत्र्तीण भएका छन् भने २ जना सहभागी नभएको जनाएको छ । त्यसैगरी, देवलडाँडा माविमा २५ मध्ये २३ जना उत्तीर्ण भएका छन् भने सत्य माविमा ५१ मध्ये ४३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
नगर प्रमुख जनक बोहराले शैक्षिक क्षेत्रमा लगानी अनुसार अझै लक्ष्यमा पुग्न नसकेको भन्दै नतिजामा सुधार हुदैँ गएकाले यसमा सबैको साझा संकल्प आवश्यक रहेको बताउनुभएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















