बाम्काका अग्नीपीडितलाई ६७ लाख ८२ हजार भन्दाबढी सहयोग

उमेश रोकाया


बाजुरा, असार १७ । बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि ६७ लाख ८२ हजार ८ सय ६७ रुपैया चेक आइतवार एक औपचारिक कार्यक्रमकाविच पीडितलाई हस्तान्तरण गरिएको छ । २०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलगीबाट पीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट राहत सामग्री तथा आर्थिक सहित एक करोड सहयोग भएको हो ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँको संयोजकत्वमा बनेको राहत संकलन तथा व्यवस्थापन समितिका अनुसार हालसम्म ८३ लाख ६९ हजार ६ सय १७ रुपैया आर्थिक सहयोग भएको छ । जसमा बैंकमार्फत ६६ लाख २७ हजार ६ सय ३२ रुपैयाँ, नगद हस्तान्तरण १४ लाख ४० हजार ९ सय ८५, घोषणा भई बाँकी रहेको २ लाख ११ हजार र समितिमा नगद प्राप्त ९० हजार सहयोग भएको छ ।
त्यस्तै नगर प्रमुख राम बहादुर बानियाँले विभिन्न निकायबाट पुनःस्थापनाका लागि करिब १८ लाख बराबरका आवश्यक सामग्री सहयोग भएको छ । उनले समितिको खातामा जम्मा भएको ६७ लाख ८२ हजार ८ सय ६७ रुपैयाँको चेक आइतवार एक औपचारिक कार्यक्रमकाविच पीडितलाई हस्तान्तरण गरिएको बताए ।
उक्त आगलागीबाट पीडितका लागि यसअघि सुदूरपश्चिम प्रदेश सरकारले केही राहत सामग्री सहित ४० लाख आर्थिक सहयोग गर्ने घोषण गरेको थियो । त्यस्तै पीडितलाई जिल्लाका स्थानीय तह, विभिन्न व्यक्ति तथा गैरसरकारी संघ संस्थाबाट समेत आर्थिक सहयोग भएको छ ।
त्रिवेणी नगरपालिकाले आगलागी पीडितलाई १० लाख सहयोगको घोषणा गरेको छ भने बुढीगंगाले ५ लाख रुपैयाँ खातामा जम्मा गरेको थियो । त्यस्तै बाम्का बजारका व्यवसायीको पहलमा मात्रै पीडितका लागि ९ लाख ३ हजार २ सय ८० र बाजुरा उद्योग वाणिज्य संघको पहलमा ३ लाख ५४ हजार १ सय ५० संकलन भएको थियो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय बाजुरा लगायत विभिन्न निकाय तथा संस्थाबाट राहत सामग्री सहयोग भएको जनाएको छ । बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट राहत संकलन भइरहेको छ । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन धमाधम टहरा निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















