सुनौलो हजार दिनकी आमाहरूलाई चर्पी निर्माणका सामाग्री सहयोग

उमेश रोकाया


बाजुरा , असार १७ । बाजुरा जिल्ला हिमाली गाउँपालिका – ५ कियुडी गाउँका सुनौलो हजार दिनकी आमाहरूलाई चर्पी निर्माणका लागि सामाग्री सहयोग गरिएको छ । पोषण मुक्त वडा कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनकी आमाहरूलाई पोषण सम्बन्धि विभिन्न अभिमुखिकरण कार्यक्रम संगै सरसफाइ र जनचेतनामूलक जस्ता कार्यक्रम गरिएको थियोे ।
वडा नम्बर ५ रुगिन सबै ठाउँमा पोषण मुक्त कार्यक्रम गरिको हो । सुनौलो हजार दिनकी आमाहरूलाई फोहोर फाल्ने डसमिन र फिल्टर दिने व्यवस्था थियो । जब कार्यक्रम गर्दा गर्दै , गाउँमा जताततै खुल्ला दिसा गरेको देख्दा धेरैको घरमा चर्पी नभएको भेटिएको हुँदा फिल्टर र डसमिन दिनुभन्दा दिसा मुक्त गराउन केही उपलब्ध गर्न सकिन्छ कि भन्ने हिसाबले चर्पी बनाउन चाहिने सामाग्री दिएको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक गोबिन्द बोगटीले बताउनुभयो ।
फोहोर मलाई (डसमिन) र फिल्टर दिने कार्यक्रमलाई मर्ज गरेर त्यसमा हिमाली गाउँपालिकाले नि:शुल्क कियुडी गाउँकि सुनौलो हजार दिनकी आमाहरूलाई प्रत्येक एक जनालाई ३ वटा जस्तापाता २ बोरा सिमेन्ट, पेन सेट र पाइप सहित बाहिर चाहिने आवश्यक सामाग्री ५० घरपरिवारलाई सहयोग गरिएको छ । चर्पीको सामाग्री गाउँकि आमाहरू उपलब्ध भएपछि खुशी भएका छन । अहिले गाउँमा चर्पी बनाउन काममा लागिएका वडा अध्यक्ष प्रदिप बुढथापाले बताएका छन ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















