बागलुङमा पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

रासस


ढोरपाटन (बागलुङ), असार १५ । यहाँको एक विद्यालयमा पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित बनेको छ । बागलुङको बडिगाड गाउँपालिका–४ स्थित नैतुल आधारभूत विद्यालयको भवन भत्किँदा पठनपाठन प्रभावित भएको हो ।
शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण विद्यालय माथिदेखि खसेको पहिरोले दुई वटा भवनका चार कक्षाकोठामा पूर्ण रुपमा क्षति पु¥याएको छ ।
दुईमध्ये एउटा भवनको गाह्रो भत्किएर पहिरो कक्षाकोठा भित्रै पसेको र अर्को भवनको छानो भत्किएको विद्यालयका प्रधानाध्यापक बमबहादुर बोगटीले जानकारी दिनुभयो । दुईवटै विद्यालय भवन पहिरोको उच्च जोखिममा परेपछि पठनपाठन गर्न समस्या भएको उहाँको भनाइ छ । विद्यालयमा सबै ससाना बालबालिका मात्रै अध्ययनरत रहेको प्रधानाध्यापक बोगटीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिरो राति गएको हो, दिउँसोको समयमा गएको भए मानवीय क्षति हुनसक्ने रहेछ, पहिरो अहिले रोकिए पनि विद्यालयमा पठनपाठन गर्नसक्ने अवस्था छैन, चार वटा कोठामा पहिरोले ठूलो क्षति पु¥याएको छ, पहिरो कक्षाकोठा भित्रै पसेपछि हिलाम्मे छ, गाह्रो भत्किएर पुनःनिर्माण गर्नुपर्ने अवस्था छ ।”
गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पठनपाठनलाई तत्काल सञ्चालन गर्न विकल्प खोज्ने बताउनुभयो । असार १८ गतेदेखि पालिकास्तरीय पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको अवस्थामा पठनपाठन प्रभावित हुन पुगेपछि पालिकाले पठनपाठन गर्ने वातावरण तयार गर्ने उहाँको भनाइ छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा १२२ बालबालिका अध्ययनरत छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















