एसीसी पुरुष यू-१६ इस्ट जोन कपः इन्डोनेसियालाई हराउँदै, तेस्रो जितको खोजीमा नेपाल

नवलपुर टुडे


काठमाडौं, असार १५ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा आज (आइतबार) नेपाली युवा टोलीले इन्डोनेसियाविरुद्ध खेल्दैछ। मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा हुने खेल बिहान पौने ८ बजे सुरु हुनेछ।
समूह ए मा अपराजित रहेको नेपाली युवा टोली लगातार तेस्रो जित निकाल्दै समूह चरणको शीर्ष स्थानमा उक्लन चाहन्छ। समूह चरणको दुई खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। समूह चरणमा खेलेको दुई खेलमध्य एक खेलमा जित र एक खेलमा हार भोगेको इन्डोनेसिया २ अंकसहित तालिकाको चौथो स्थानमा छ।
समूह चरणको चार खेलमध्ये ३ खेलमा जित र १ खेलमा हार भोगेको सिंगापुर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। तीन खेलमध्ये एक खेलमा जित र २ खेलमा हार भोगेको जापान २ अंकसहित तेस्रो स्थानमा छ। समूह चरणका तीन खेलमा हार भोगेको भुटान अंकविहीन रुपमा पुछारमा छ।
समूह चरणको पहिलो खेलमा सिगांपुरलाई ६ विकेटले हराएको नेपाली टोलीले दोस्रो खेलमा जापानमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको थियो। इन्डोनेसिया भने पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई ९ विकेटले पाखा लगाएको थियो।
समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध १ जुलाइमा खेल्ने तालिका छ। प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन्। समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन्। समूह चरणको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















