सिरहामा युवकको हत्या

नवलपुर टुडे


सिरहा । सिरहाको अर्नमा गाउँपालिका–१ स्थित घर अगाडि एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव शनिवार घर अगाडि फेला परेको हो ।
कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको देखिएको छ । मृतकको घाँटीमा गम्छा बेरिएको छ । घटनास्थलमा स्थानीयको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्र पासवानले महराको शव फेला परेको र मृत्यु कसरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । आज बिहान मुलिफ अलि मन्सुरको आँपको रुख तल शव फेला परेको डीएसपी पासवानले जानकारी दिए । घटनास्थलको प्रकृति हेर्दा हत्या भए जस्तो देखिने र अनुसन्धान सुरु गरिएको प्रहरीको जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















