पर्साबाट ३१९ किलो लागुऔषध चरेससहित ट्रकका चालक पक्राउ

नवलपुर टुडे


वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । पर्साको परवानीपुरबाट गएराति करिब ३१९ किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले बताए । परवानीपुरबाट सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट चरेस बरामद गरिएको उनले बताए ।
बरामद चरेस भारततर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ निवासी बुद्धिबहादुर स्याङ्तानलाई समेत पक्राउ गरेको छ । उनको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी भनाइ छ ।
अहिले २ बजे प्रहरीले पत्रकार सम्मेलन गरेर बरामद चरेस र स्याङतानलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















