डन, भानु, वाल्मीकी र जनज्योति भरतपुर मेयर कपको सेमिफाइनलमा

नवलपुर टुडे


समूह ए बाट डन एकेडेमी र आदिकवि भानु मावि सेमिफाइनल प्रवेश गरेका छन् । यस्तै समूह बी बाट वाल्मीकि शिक्षा सदन र जनज्योति मावि सेमिफाइनल पुगेका छन् । भरतपुर ७ कृष्णपुरमा भएको पहिलो खेलमा डन एकेडेमीले नेपाल पुलिस स्कुललाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा डनले टाइब्रेकरमा बाजी मार्यो ।
त्यस अघि निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जसमा डन विजयी भयो । डनले अब फाइनल प्रवेशका लागि आदिकवि भानु माविको सामना गर्नेछ ।
आजै भरतपुर १२ रामवेलमा भएको खेलमा दुर्गाशेषकान्त माविलाई हराउँदै भानु माविले पनि सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा १-१ गोल भएपछि टाइब्रेकरमा भानु मावि विजयी भयो ।
उता समूह बी बाट वाल्मीकि शिक्षा सदनले पारिजात माविलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो । भरतपुर ७ कृष्णपुरमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि २-१ ले विजयी भयो ।
यस्तै भरतपुर १४ सुन्दरबस्तीमा भएको खेलमा जनज्योति विजयी भएको छ । अर्बिट स्कुललाई हराएको जनज्योति सेमिफाइनल प्रवेश गरेको छ । जनज्योति ३-१ ले विजयी भएको हो । यससँगै समूह बी बाट फाइनल प्रवेशका लागि वाल्मीकी र जनज्योति भिड्ने पक्का भएको छ ।
प्रतियोगिताको सेमिफाइनल समिकरण १२ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो सेमिफाइनलमा १२ गते डन एकेडेमी र आदिकवि भानु मावि भिड्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा १३ गते शुक्रबार वाल्मीकी र जनज्योति भिड्नेछन् । दुबै खेल भरतपुर ७ कृष्णपुरमा हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु भएको प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ स्कुल सहभागी छन् । सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















