बाराकाे कलैया उपमहानगरले ल्यायो १ अर्ब ७२ करोडको बजेट


बारा । बाराकाे कलैया उपमहानगरले अगामी आर्थिक वर्ष२०८२/०८३ को लागि १ अर्ब ७२ करोड ७३ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । उपमहानगरले सोमबार १५ औँ नगर सभाबाट उक्त बजेट सार्वजनिक गरेको हो । उपमहानगरले ‘शैक्षिक प्रशासनिक पर्यटकीय सहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार’ भन्ने नारा दिएको छ । उपमहानगरकी उपप्रमुख रौशन प्रविणले बजेट प्रस्तुत गर्दै शिक्षा, संस्कृति, युवा तथा खेलकुद, स्वास्थ्य, पूर्वाधार, कृषि र सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताएकी छन् ।
‘बजेटले समावेशी र समतामूलक विकासको परिकल्पना गरेको छ’ उपप्रमुख प्रविणले बजेट प्रस्तुत गर्दै भनिन् ‘स्थानीय जनताको आवश्यकता र सम्भाव्यतालाई ध्यानमा राखी बजेट विनियोजन गरिएको छ’ । बजेटले उपमहानगरको पूर्वाधार विस्तार, विद्यालय स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच वृद्धि, युवा सशक्तीकरण तथा कृषिको आधुनिकीकरणलाई प्राथमिक एजेन्डा रहेको उपप्रमुख प्रविणले बताइन् । उनले सामाजिक सुरक्षाको क्षेत्रमा समेत प्रभावकारी कार्यक्रम समावेश गरिएको बताइन् ।नगरपालिकाले स्रोत परिचालन र पारदर्शी कार्यान्वयन मार्फत बजेटको प्रभावकारिता बढाउने र स्थानीय तहमा सुशासन र समावेशी विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने लक्ष्य लिइएको उपमहानगरले जनाएको छ ।

















