लुम्बिनी सरकारका मन्त्रीलाई कांग्रेस कपिलवस्तुले जिल्लाका कार्यक्रममा सहभागी नगराउने घोषणा

नवलपुर टुडे


कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारको बजेटमाथि आपत्ति जनाउँदै प्रदेशका मन्त्रीहरूलाई जिल्लाको सार्वजनिक तथा पार्टीको कार्यक्रममा सहभागी नगराउने घोषणा गरेको छ । सोमबार जिल्ला सभापति अब्दुल कलामले एक प्रेस विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सम्पूर्ण मन्त्रीहरूलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा नगराउने घोषणा गरेका हुन् ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट विनियोजन भइसकेको अवस्थामा सङ्घीयताको मर्म र भावना विपरीत पहुँचवाला मन्त्रीको क्षेत्र तथा जिल्लामा मात्र बढी योजना रहेको देखिएको र कपिलवस्तु जिल्लालाई बेवास्ता गरिएकाले यस्तो निर्णय लिन बाध्य भइएको विज्ञप्तिमा उल्लेख छ ।


कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















