Opens in a new tab

महिला विभाग प्रमुखमा बागलुङकी रुयासा मगर चयन

याम बहादुर थापा मगर

29Shares
dida bag ad

 

बागलुङ
असार ९, २०८२
नेपाल मगर विद्यार्थी संघको १२ औ राष्ट्रिया महाधिवेशन पश्चात निर्वाचित केन्द्रिय समितिको प्रथम पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न , काठमाडौ प्रदर्शनी मार्गमा भएपछि बागलुङकी निर्वाचित केन्द्रिय सदस्य रुयासा थापा मगर महिला विभाग प्रमुखमा चयन हुनु भएको छ । सो प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेपाल मंगर संघका सह—अध्यक्ष श्री गंगा बहादुर थापा मगरको आतिथ्यतामा भएको थियो । सो बैठक तथा प्रशिक्षण कार्यक्रमका आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापा मगर, नेपाल मगर संघका सल्लाहकार श्री दिल बहादुर थापा मगर, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य तथा नेपाल मगर लेखक सघका अध्यक्ष डा. विष्णु कुमार सिंजाली मगर, नेपाल सरकारका उपसचिव श्री बल बहादुर घर्ती मगरले विभिन्न शिर्षकमा प्रशिक्षण गर्नु भएको थियो । बैठकले आर्थिक, भौतिक नैतिक लगायत सबै तबरले साथ सहयोग गर्नुहुने महानुभावहरुलाई हार्दिक धन्यवाद तथा हार्दिक आभार व्यक्त गरेको गरेको छ ।
साथै बैठकले शैक्षिक विभाग, अतिरिक्त क्रियाकलाप विभाग, भाषा संस्कृति विभाग, जनसम्पर्क तथा कार्यालय सञ्चालन विभाग, प्रशिक्षण विभाग, आर्थिक विभाग, संगठन विभाग, तथ्याङक विभाग, स्ववियु समन्वय विभाग, महिला विभाग, विदेश विभाग, विदेश विभाग, प्रचारप्रसार विभाग, स्वास्थ्य विभाग, अनुशासन तथा अनुगमन विभाग र संचार विभाग गठन गरेको जानकारी महासचिव याम बहादुर रोका मगरले जानकारी दिनुभयो । नेपाल मगर संघका सह अध्यक्ष प्रमुख अतिथिले मगरहरुले मगरका गतिविधिहरु, इतिहासहरु, कला सस्कृती , रहनसहन तथा रैथानेकरणलाई दस्तावेजीकरण गर्नका लागि युवा विद्यार्थीहरु लाग्न अुनरोध गर्दै जवसम्म योग्यता, शिक्षा,पठनसस्कृति विकास गर्न सकिदैन तबसम्म मगर उत्थान हुने छैन भन्नुभयो । सम्पुर्ण मगरहरु एक होऔ भन्दै लखन सङग्रहलय निर्माण महाअभियानमा सहयोग र साथ दिन छलफल तथा निर्णय भएको छ ।
नवनिर्वाचित नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको महिला विभाग प्रमुख रुयासा मगरले मगर महिला विद्यार्थीहरुको उत्थान, हक हितमा काम र आवाज उठाउने कुराको जानकारी दिनु भयो । मगर महिला विद्यार्थीहरुको उच्च शिक्षामा सहभागी हुने बताउँदै आफुले समेत सिक्दै र सिकाउँदै अगाडी बढने आगामी दिनहरुमा योजना रहेका बताउनुभयो । बैठकको अध्यक्ष राजु पुन मगरको अध्यक्षतामा भएको थियो । रुयासा थापा मगर बागलुङ नगरपालिका १०, भकुण्डे, बागलुङ स्थायी बासिन्दा हुन । धवलागिरी बहुमुखी क्यापस बागलुङमा विविएस तेश्रो वर्षमा अध्ययरत छात्रा हुन् । नेपाल मगर संघ केन्द्रिय समितिको भातृसंगठनहरुमा नेपाल मगर विद्यार्थी संघ, नेपाल मगर महिला संघ, नेपाल मगर लेखक संघ, नेपाल पत्रकार संघ, नेपाल मगर युवा संघ, नेपाल प्राज्ञीक संघ ,नेपाल कलाकार संघ सस्थाहरु क्रियाशिल रहेका छन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे